उपप्रधानमन्त्री कमल थापालाइ नै दोश्रो बरियता दिने सहमति भएको हो – नेता पुन

बुटवल । चैत २५ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले उपप्रधानमन्त्री कमल थापालाइ नै दोश्रो बरियता दिने सहमति भएको बताउनुभएको छ ।
प्रेस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी नेता पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवाबीच दोश्रो बरियता दिने गरि सहमति भएर नै राप्रपा अध्यक्ष थापालाइ सरकारमा सहभागी बनाइएको बताउनुभयो ।
नेता पुनले स्थानीय तहको निर्वाचन नरोकिने र मधेशी मोर्चालाइ समेत सहभागि बनाउने गरि दुइ चरणमा हुने जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्तिकमा सार्ने गरि आफु पनि सत्तामा आउन एमालेले प्रस्ताव गरेको तर प्रधानमन्त्रीले अस्विकार गरेको पनि दावी गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.