लुम्विनी अंचल अस्पतालमा पनि मानसिक स्वास्थ्य सेवा नियमित

बुटवल । चैत २५ । प्रत्येक बर्ष अप्रिल ७ तारिक अर्थात चैत्र २५, मा मनाइने विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम सहित मनाइएको छ । यसपटक ६९औं विश्व स्वास्थ्य दिवसको लागि विश्व स्वास्थ्य संगठनले उदासीपनका बारेमा कुरा गरौं भन्ने नारा तय गरेको छ । यसै दिवसको अवसर पारेर लुम्विनि अंचल अस्पतालमा यो सेवाको औपचारिक सेवा शुरु भएको छ ।
लुम्बिनी अञ्चल अस्पताल बिकास समितिले मानसिक रोग विशेषज्ञ डा.श्रेया पौडेल लाई विगत केहि महिनादेखि मेडिकल अधिकृतको रुपमा नियुक्ति गरी सो सेवालाई सञ्चालनमा ल्याएको र कन्सल्टेण्ट साइकियाट्रिस्ट डा.सुरज तिवारीलाई समेत सरकारले लुम्विनि अंचल अस्पतालमा पोष्टिङ्ग गरकोले यो सेवाले अस्पतालमा स्थायी रुप पाएको प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट डा.राजेन्द्र सञ्जेल क्षेत्रीले जानकारी दिनुभयो ।
स्वास्थ्यका क्षेत्रमा मानसिक स्वास्थ्य ओझेलमा परेको जगजाहेर छ । मानसिक स्वास्थ्यका लागि पर्याप्त जनशक्ति र भौतिक संरचना नहुनु ओझेलमा पर्नुको एक कारण हो भने Qmigma अर्थात हिनतावोध र Discrimimation अर्थात भेदभाव अर्को प्रमुख कारण हो ।
यसकारण मानसिक स्वास्थ्य र रोगका बारेमा अगाडि सरेर खुलेर कुराकानी गरिनु पर्दछ भन्ने विशेषज्ञहरुको ठहर रहेको छ । यसै कारणले विश्व स्वास्थ्य संगठनले यस वर्षको नारालाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरेको हो ।
मानसिक रोगहरुमध्ये पनि उदासीपना सबैभन्दा प्रमुख मानसिक समस्या हो । तथ्याङ्कहरुले पनि सन २०३० सम्ममा उदासीपना रोगहरुमा पहिलो कोटीमा पुग्ने अनुमान देखाएका छन् ।
यसर्थ अबदेखि सबैले उदासीपनको बारेमा खुलेर कुराकानी, छलफल, वादविवाद, गोष्ठी आदि गरेर यसको मूल समस्या केलाई यसलाई निराकरणको दिशामा अगाडि बढ्नु पर्ने अवस्था आईसकेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.