कराते प्रतियोगिता शुरु

बुटवल, चैत २५ .मदन भण्डारी स्पोर्टस एकेडेमी रूपन्देही जिल्ला कमिटीको आयोजनामा प्रथम मदन भण्डारी स्मृति प्रदेश नम्बर ५ स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गर्दै खेलाडी राष्ट्रका गहन भएको भन्दै खेलभावनामा अनुशासनको महत्व रहेको समेत बताए । कार्यक्रम कमिटिका संरक्षक लिला गिरी, नेकपा एमालेका जिल्ला उपसचिव गोपाल राना, एकेडेमीका केन्द्रिय उपाध्यक्ष धु्रव आचार्य, वरिष्ठ कराते प्रशिक्षक महेश कुमार श्रेष्ठले शुभकामना दिएका थिए ।
उद्घाटन दिनको खेलमा कुमुतेतर्फमा ३२ केजी तौल समुहमा रुपन्देहीका सुरेश राना र रोल्पाका आजादसिह राना मगर फाईनलमा प्रवेश गरेका छन । ३७ केजी तौल समुहमा कपिलबस्तुका शुशिल थारु र रोल्पाका मोहन बुढा फाईनलमा स्थान पक्का गरेका छन ।
शुक्रबार नै भएको टिम कातातर्फको प्रतियोगितामा रोल्पा प्रथम, बाके द्धितिय तथा दाङ्ग र नवलपरासी तृतिय भएका छन । ब्यक्तिगत कातातर्फको बोयज्मा रुपन्देहीका दिपराज थापा प्रथम, रिसब पाण्डे द्धितिय तथा रोल्पाका सित्तल विष्ट र बाकेका युवराज सिह तृतिय भए ।
यसैगरि गल्र्स टिम कातातर्फ रुपन्देही प्रथम, रोल्पा द्धितिय तथा पाल्पा र दाङ्ग तृतिय भएका छन । ब्यक्तिगत गल्सतर्फ रुपन्देहीका पुजा दर्नाल प्रथम, कपिलबस्तुका निशा खनाल द्धितिय तथा पाल्पाकी दिया थापा र रुपन्देहीका दिवाना पुन तृतिय भएका छन । शनिबार प्रतियोगिताको फाईनल खेलहरु हुने मदन भण्डारी स्पोर्टस एकेडेमी रूपन्देहीका अध्यक्ष नन्दु काउचाले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.