बुटवल, चैत २५ । स्वस्थ्य स्वयंसेवीहरुको योगदानको उचित मुल्याकन हुन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले गुनासो गरेका छन । नेपाल स्वस्थ्य स्वयंसेवी संघ रुपन्देहीको शुक्रबार बुटवलमा भएको चौथो अधिवेसनमा बोल्ने बक्ताहरुले स्वयंसेवीहरु आफुहरुको सेवालाई अवमुल्याकन भएको दाबी गरेका हुन । आम नागरिकको घरदैलोमा पुगेर वर्षौदेखि निशुल्क स्वस्थ्य शिक्षा र चेतना फैलाउदै आएको स्वयंसेवीहरुको पहिचान दिने काममा सरकारले कञ्जुसाई गरेको भन्दै नया नीतिहरु ल्याएर हितमा काम गर्न आग्रह गरेका छन । कार्यक्रमको उद्घाटन गर्दै जिफन्ट महिला विभागका केन्द्रिय अध्यक्ष गोमा आचार्यले स्वस्थ्य स्वयंसेवीहरुको कामलाई अहिलेसम्म उचित मुल्याकन हुन नसकेको बताईन । स्वयंसेवीहरुको अधिकार, पहिचान सुनिश्चितताका लागि स्थानिय निकायको निर्वाचनमा नेतृत्व तहमा जानका लागि समेत आग्रह गरिन । कार्यक्रममा नेकपा एमाले श्रम तथा रोजगार विभागका केन्द्रिय सदस्य कमल गौतम, जिफन्ट प्रदेश नम्बर ५ का सचिव हरि कार्की, जिफन्ट केन्द्रिय सदस्य उत्तम श्रेष्ठ, संघका केन्द्रिय उपाध्यक्ष शारदा पौडेल, केन्द्रिय सदस्य प्रभा पौडेल, जिफन्ट रुपन्देही अध्यक्ष हुमाकान्त काफले, कार्यक्रममा संघका जिल्ला अध्यक्ष इलु रानाले छरिएर रहेका स्वयंसेवीहरुलाई एकताबद्ध गराउने काममा आफुहरुले पहल गरेको बताए ।