विद्युतिय सुरक्षाका दिवसमा प्रभातफेरी

बुटवल, चैत २५ . विद्युतिय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा सरोकारवालाहरुले वृहत सचेतनामुलक रयाली निकालेको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको आयोजनामा बुटवल क्षेत्रिय कार्यालय नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्र, बुटवल ग्रिड महाशाखा, लुम्बिनी १३२ केभि प्रशारण लाईन आयोजना, वितरण प्रणाली सुदृणिकरण आयोजना तथा यस क्षेत्रका विद्युतीय सरोकारवालाहरुको सहभागितामा भएको रयाली कालिकानगर कार्यालयबाट शुरु भएर नगर परिक्रमा गरि कार्यालय हातामा आएर कोणसभा गरिएको थियो ।
रयालीमा विद्युतिय दुर्घटना संयोग होईन–सुरक्षाप्रतिको ब्यवस्था हो ।विद्युतिय चोरी दण्डदिय अपराध हो । विद्युतिय संरचना नछोऔ । विद्युत चोरी भेटेमा विद्युत कार्यालयमा खबर गरौ । विद्युत चोरी नगरौ, दुर्घटनाबाट बचौ । रुखको हागाले विद्युतिय संरचना छुन नदियौ । लगायतका प्लेकार्ड सहित सहभागिहरुले नगर परिक्रममा गरेका थिए ।
कार्यक्रममा बोल्दै क्षेत्रिय निर्देशक विभुतिनाथ मिश्रले विद्युतिय दुर्घटना बढीरहेको वर्तमान अवस्थामा चेतना जगाउने कार्यक्रमलाई आफुहरुले प्राथमिकता दिएको बताए । जनचेतनाका कार्यक्रमबाट धेरै मात्रामा दुर्घटना कम हुने समेत उनले दाबी गरे । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष रामेश्वर पौडेल, बरिष्ठ उपाध्यक्ष राम कुमार थेवे, महासचिव भुमिनन्द अर्याल जिल्ला अध्यक्ष कल्पना थापा लगायतले कर्मचारीहरुको सुरक्षाप्रति सरकारले चासो दिएर योजनाहरु ल्याउनुपर्ने सुझाव दिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.