नयाँ शक्तिले माग्यो निर्वाचन प्रतिवद्धतापत्रका लागि सुझाव

२७ चैत,काठमाडौ । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र लेखन थालेको छ । नयाँ शक्ति पार्टी, नेपालको संसदीय मामिला विभाग संयोजक केशव दाहालको संयोजकत्वमा बनेको प्रतिवद्धतापत्र मस्यौदा समितिले प्रतिवद्धतापत्र लेखन कार्य थालेको हो । समितिले प्रतिवद्धतापत्रका लागि जनताको सुझाव माग गरेको छ ।

‘हामी विकास र समृद्धिको मुख्य लक्ष्यका साथ आगामी निर्वाचनमा जनताबीच गइरहेका छौं । हामी अझ धेरै लोकतन्त्र, समावेशी विकास, सुशासन, सदाचार, स्वाधीनता र समुन्नत समाजवादको युगीन दायित्वसाथ आफ्ना राजनीतिक अभियानहरु सञ्चालन गरिरहेका छौं । आगामी निर्वाचनमा हाम्रो सहभागिता यिनै वैचारिक र राजनीतिक दायित्वहरुलाई पूरा गर्ने अभिष्टकासाथ हुनेछ । हामी जनताको मतबाटै देशको समृद्धिको खाका कोर्न चाहन्छौं । यही प्रयोजनकालागि हाम्रो पार्टीको प्रतिवद्धतापत्रको मस्यौदा लेखनकार्य सुरु गरिएको छ’, संयोजक दाहालले सुझाव माग्दै भन्नुभएको छ – ‘हाम्रो प्रतिवद्धतामा समेट्नुपर्ने तपाईंहरुका सुझावहरु के के छन् ? हामीले उठाउनुपर्ने जनताका आधारभूत मुद्दाहरु के हुन् ? के कस्ता विषयहरुमा हामीले काम गर्नुपर्छ ? यस्ता विषयहरुमा हामी तपाईंहरुको तर्फबाट सुझाव चाहन्छौं ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.