बोली फेरे शशांकले

२७ चैत,काठमाडौ । सर्वोच्च अदालतलाई अदालतलाई ब्यवस्थापिकाको मातहतमा राख्नुपर्छ भन्ने अभिव्यक्तिका कारण विवादमा तानिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बोलि फेरेका छन् ।
बिराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै न्यायालयलाई संसदको ‘अण्डर’मा राख्नुपर्ने बताएर विवादमा तानिएका कोइरालाले आइतवार विज्ञप्ती जारी गरि म बाट व्यक्त भएको र आगामी दिनमा हुने यस सम्बन्धी कुनै पनि टिप्पणी सम्मानीत न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने सबैका लागि स्पष्ट गराउन चाहन्छु भनेका छन ।
विज्ञप्तिमा भनिएको छ – शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति म उत्तिकै सचेत रहेको छु । कार्यपालिकाको क्षेत्राधिकार बारे म जति सुस्पष्ट छु, उत्तिकै सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्वका प्रति पनि संवेदनशील रहेको जानकारी गराउन चाहन्छु ।
विज्ञप्तिमा ’स्थापनाकाल देखि नै नेपाली कांग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताका प्रति विश्वास राख्दै आएको सर्वविदितै छ । संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानव अधिकार जस्ता मूल्यका प्रति बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिवद्ध रही आएको छु ।’भनिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.