रामबारी प्रा.वि.मा शैक्षिक सामग्रीहस्तान्तरण

गुल्मी, चैत २७ । सत्यवती गाउापालिकावडा नंं.१ रामबारी गुल्मीमा रहेको रामबारी प्राथमिक विद्यालयमा शैक्षिक गुणस्तरमा वृद्धि तथा आधुनिक पद्धति अनुसार शिक्षाप्रदान गराउने उद्देश्यले भूपू विद्यार्थीहरूले शैक्षिक सामग्री हस्तान्तरण गरेकाछन् ।
कार्यक्रमम भूपू विद्यार्थीहरूको सक्रियतामा विद्यालयलाई एक/एकथान कम्प्युटर, कम्प्युटर टेबल,चिप्लेटी, पिङ, सिस, विभिन्न किसिमका खेलौना लगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको कुरा भूपू विद्यार्थी अुर्जुनप्रसाद पाण्डेेले बताउनुभयो ।
शैक्षिक सामग्री हस्तान्तरण काक्रममा बोल्दै भूपू विद्यार्थी पुरुषोत्तम पाण्डेेले विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धिगर्न शैक्षिक सामग्रीको सही सदुपयोग गदर्ैै शिक्षक र अभिभावकबीच समन्वय हुनुपर्ने तथा शिक्षालाई प्रविधिसाग जोड्नुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा विद्यालयको शैक्षिकगुणस्तर वृद्धिकालागि शैक्षिक सामग्री प्रदान गरेकोमा सहयोग दाता र सहयोग सङ्कलन कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने भूपू विद्यार्थीहरूलाई विद्यालयका प्रअ रामप्रसाद पाण्डेले धन्यवाद दिनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि भूपू प्रअ हिमलाल पाण्डे र समाजसेवी जीवलाल पाण्डेले संयुक्त रूपमा मन्टेश्वरी अनुकूल कक्षाको समुद्घाटन गर्नुभएको थियो ।
विद्यालयकी अध्यक्ष रमा थापाको अध्यक्षता, भूपू विद्यार्थी लिलप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, भूपू विद्यार्थी केशवराज पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, समाजसेवी लोकनाथ पाण्डे, दामोदर पाण्डे, भुवन पाण्डे, रेवकान्त पाण्डे लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक वासुदेव पाण्डेले स्वागत मन्तव्य व्यक्तगर्नुभएको थियो भने भूपू विद्यार्थी लिलावल्लभ पाण्डेले मन्तव्य व्यक्तगर्नुभएको थियो भने कार्यक्रमको सञ्चालनभूपू विद्यार्थी विण्णुप्रसाद पाण्डेले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.