नेपाल एयरलाइन्सका क्याप्टेन अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ

काठमाडौं, चैत २८। नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन्।
काठमाण्डौंदेखि दुबई प्रस्थान हुँदै गरेको नेपाल एयर लाइन्सका क्याप्टेन अवालेलाइ प्रहरीले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो ।
प्रहरीले अवालेलाइ हिरासतमा राखेर उनले बोकेको रकमको विषयमा अनुसन्धान गरिरहेको छ।
क्याप्टेन अवाले पक्राउ परेपछि तत्काल अर्का क्याप्टेन महेशमान डंगोल विमान उडानमा खटिएका कारण विमान दुवइ जाने प्रकृयामा भने कुनै समस्या भएन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.