उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा राजधानीमा शुरु,पहिलो पल्ट महिलाले नेतृत्व हाँक्दै

काठमाडौं, चैत २८। नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा राजधानीमा शुरु भएको छ। यसपटक महासघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा र किशोर प्रधान प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन । महासंघको परिवर्तित विधान अनुसार अव महासघको नेतृत्व वरिष्ठ उपाध्यक्ष भवानी राणाले हाक्दैछिन । महासंघको इतिहासमा महिलाले नेतृत्व हाक्न थालेको यो पहिलो पटक हो ।
भव्य समारोहका बीच शुरु भएको साधारणसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने बताउनु भयो ।
प्रधानमन्त्रीले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा सून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताउनु भयो ।
उहाँले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रकृयागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने विश्वाससमेत दिलाउनु भएको छ ।
प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बने पछि आर्थिक परिसूचकहरु सकारात्मक दिशामा अघि बढेको, उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडि वढाइएको जानकारी दिनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.