उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा

काठमाडौं, चैत ३०। नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाबाट अध्यक्ष पदमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने विधानको ब्यवस्था बमोजिम राणा अध्यक्ष बनेकी हुन भने गोल्छा निर्वाचनबाट विजयी भएर वरिष्ठ उपाध्यक्षको चुनाव जितेका हुन । महासंघको इतिहासमा महिलाले नेतृत्व हाक्न थालेको यो पहिलो पटक हो । वरिष्ठ उपाध्यक्षमा प्रतिद्वन्दी किशोर प्रधानलाइ पराजित गर्दै गोल्छा विजयी भएका हुन । तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनेछन्। महासंघको जिल्ला/नगर समूहका उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन्। त्यस्तै, वस्तुगततर्फका उपाध्यक्षामा उमेशलाल श्रेष्ठ विजयी भएका छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.