मधेशी मोर्चाद्धारा संविधान संशोधनको नयाँ प्रस्ताव समेत अस्विकार, निर्वाचनमा नजाने निर्णय

काठमाडौ । चैत ३० । सरकारले अघि सारेको संविधान संशोधनको नयाँ प्रस्ताव समेत अस्विकार गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनमा जाने र चुनावमा नजाने निर्णय गरेको छ । मोर्चाले आन्दोलनका अल्पकालीन कार्यक्रम समेत घोषणा गरेको छ ।
राजधानीको बिजुलीबजार स्थित तराइ मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधवार झण्डै पाँचघण्टासम्म बसेको मोर्चाको बैठकले संविधान संशोधन प्रस्तावले सिमांकन लगायतका आफ्ना माग समाधान नहुने ठहर गर्दै माग पुरा हुने गरी संविधान संशोधन नभएसम्म आन्दोलन जारी राख्ने र त्यो अवस्थामा निर्वाचनमा समेत सहभागी नहुने निर्णय गरेको संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । पत्रकारहरुसँग नेता उपेन्द्र यादवले अहिलेको सात प्रदेशबाट समस्या समाधान नहुने दावी समेत गर्नुभयो ।
मोर्चासँग अनौपचारिक सहमति भएको भन्दै सरकारले मंगलवार मात्रै संविधान संशोधनको पुरानो प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको थियो । स्थनीय निर्वाचनको वातावरणका लागि भन्दै सरकारले अघि बढाएको संशोधनको नयाँ प्रस्तावमा संविधानको धारा २ सय ७४, राष्ट्रिय सभा निर्वाचक मण्डलबाट गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखलाई हटाउने, सीमाङकनको मुद्धालाई टुङगो लगाउन अधिकार सम्पन्न आयोग गठन गर्ने भनिएको छ । यस्तै २ र ५ नम्वर प्रदेशमा स्थानीय तह संख्या थप गर्ने र तराईमा छुटेका मतदाता नामावली समेत समावेश गर्ने प्रस्ताव सरकारले राखेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.