बुटवलमा पनि भाटभटेनी सुपरमार्केटकाे सेवा शुरु

केशव भण्डारी
बुटवल । बैशाख १ । पश्चिम नेपालको रुपन्देही र त्यसआसपासका जिल्लाका ग्राहकलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले बुटवलस्थित सुख्खानगरमा सुविधा सम्पन्न सुपर स्टोर संचालनमा ल्याएको छ। राजधानी सहित मुलुकका विभिन्न शहरमा रहेको भाटभटेनी उपत्यका बाहिरको चौथो शाखा हो।
अत्याधुनिक भवन सहित बुटवल सुपर स्टोरको आज विधिवत शुरु उद्घाटन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले ९० करोडको लगानी भएको बताउनुभयो ।
बुटवलको सुपरमार्केटमा स्वदेशी र विदेशी गरि एक लाख पचास हजार प्रकारका सामाग्रीहरु उपलब्ध गराइएको कार्यकारी प्रमुख पानु पौडेलले जानकारी दिनुभयो ।
शुभारम्भको अवसरमा सुपरमार्केटमा ग्राहकलाइ एक महिनासम्म १० देखि २० प्रतिसत सम्म छुट दिएको जनाएको छ । बुटवल सुपर मार्केटमा चार सय जनालाइ प्रत्यक्ष रोजगारी दिइएको ब्यवस्थापक विनोद भट्टराइले जानकारी दिनुभयो ।
सुपरस्टोरमा उत्पादित दैनिक उपभोग्य बस्तु सहित तयारी पोशाक, खेलौना, विद्युतीय उपकरण सहित मनोरञ्जनका लागि बच्चाका खेलौना, रेष्टुँरा लगायतको सुविधा रहेको पनि बताइएको छ ।
ग्राहकलाई सबैखाले सामान एकैठाउँबाट उपलब्ध गराउने प्रयास गरिएको र कुनैपनि ग्राहक सामान नपाएर फर्किन नपरोस भन्नेमा ध्यान दिइएको भाटभटेनीले जनाएके छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आगामी १५ वर्ष भित्र करिब ५० हजारलाई रोजगारी दिने योजनामा कम्पनी छ। भाटभटेनीमा अहिलेसम्म करिब २ हजार जनाले प्रत्यक्ष रोजगारी पाईसकेका छन्।
२८ वर्षअघि सानो व्यापारबाट सुरु भएको भाटभटेनी वर्षमा ठूलो कारोवार गर्ने व्यापारिक प्रतिष्ठानको रुपमा चिनिएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.