स्वास्थ जीवनशैली अपनाउन विशेष अभियानको सुरु

बुटवल । बैशाख १ । हरेक नागरिकले स्वास्थ जीवनशैली अपनाउन प्रतिवद्भ हुने मुल उद्धेश्यका साथ सरकारले विशेष देशब्यापी अभियानको सुरुवात गरेको छ ।
मेरो वर्ष: म स्वास्थ्य, मेरो देश स्वास्थ्य नाम दिइएको उक्त अभियानको आज प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्नु भयो । मेरो ५ प्रतिवद्धता, स्वास्थ्य जीवनको आवश्यकता अन्तर्गत म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित ब्यायाम गर्छु, म स्वास्थ र पोषिलो खाना खान्छु लगायतका ५ प्रतिवद्धताहरु हरेक नागरीकले गरे रोग लाग्न वाट बच्च सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१ वर्षे अभियान अन्तर्गत यसै आर्थिक वर्ष भित्रमा देशैभरी स्वास्थ्य सेवाको उपलब्धता र पहुँच पुर्याउनका लागी सरकारले थप कदम चाल्ने तथा विगतमा गरीएको प्रतिवद्भताहरु कार्यानवयनमा लैजाने जानकारी मन्त्री थापाले जान्कारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.