स्थानीय तह निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते र प्रदेश नम्बर १, २, ४ र ७ मा जेठ ३१ गते गर्ने निर्णय

२०७४,वैशाख १० । सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।
मधेशी मोर्चासँग भएको सहमति बमोजिम हुने गरि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकार र मधेसी मोर्चाबीच शनिबार दुइ चरणमा निर्वाचन गर्ने सहमति भएको थियो । त्यहि सहमति अनुसार सरकारले प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते र प्रदेश नम्बर १, २, ४ र ७ मा जेठ ३१ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले वैशाख ३१ गतेको निर्वाचनका लागि मनोनयन दर्ताको मिति केही दिन थप गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
सरकारले मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने निर्णय पनि छ ।
त्यसै अनुसार अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभयो भने संसद सुचना टासरे स्थगित गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.