काठमाडौ । बैशाख ११ । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका डीआईजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बालकुमारीस्थित निवासबाटै प्रहरी नियन्त्रणमा लिइएका डीआईजी सिलवाललाई गैरकानुनी रुपमा नियन्त्रण गरिएको भन्दै परेको रिटमा प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।
आइजीपी प्रकरणमा सिलवालले दायर गरेको मुद्दा विचाराधीन रहेकाले उक्त मुद्दा प्रभावित हुनसक्ने भन्दै सर्वोच्चका रजिष्टारको रोहवरमा वरिष्ठ अधिवक्ता शम्भु थापाको हाजिर जमानीमा सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।