काठमाडौ । बैशाख १२ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांगेसको नेतृत्वमा नयाँ संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सञ्चालनको बिषयलाई प्राथमिकतामा राखिएको छ।
सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरेको घोषणापत्रमा १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउने लक्ष्य पनि समावेश गरिएको छ ।
तीन खण्ड र १२ शीर्षक राखिएको ५१ पृष्ठ लामो घोषणापत्रमा महत्वाकाक्षी लक्ष्य छन । घोषणापत्रमा कांग्रेसले प्रत्येक वर्ष पाँच लाखसम्म रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ।
घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ।’ मुलत कांग्रेसले विकास योजना अन्तर्गत काठमाडौ,पोखरा,भरतपुर र विराटनगर महानगरपालिकाको विकास योजनालाई प्राथमिकता दिइएको छ।