बुटवल, १४ बैशाख । बुटवलमा जेठ महिनामा मोवाइल मेला हुने भएको छ ।
गत बर्ष बुटवलमा पहिलो पटक मोवाइल मेला आयोजना गरेको उद्योग बाणिज्य
संघ अन्र्तगतको मोवाइल बस्तुगत समितिले यस पटक पनि मेला आयोजना गर्न
लागेको हो ।
नया बर्षको उपलक्ष्यमा समितिले आयोजना गरेको शुभकामना आदान
प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रममा समितिका कार्यवाहक सभापति मनोज
लाकौलले आउदो जेठ १२ गतेदेखि १६ गतेसम्म मेला गर्ने जानकारी गराउनु भयो
।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष महेशमान सिंहले बुटवल बजारलाई व्यवस्थित र
बिशिष्टिकृत बनाउन संघले पहल गरीरहेको बताउदै गत बर्षको मेलामा जस्तै यस
पटक पनि संघले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा रबि पौडेल, बिनोद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।