सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप

काठमाडौं, बैशाख १४ । नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रहित विपरीत संविधान संशोधन अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ ।
राजधानीमा आयोजित एमाले राष्ट्रिय प्रचार भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप समेत लगाउनुभएको छ ।
उहाँले सरकारले अघि सारेको भाषा, नागरिकता र आयोगबाट सीमांकनको टुङ्गो लगाउने प्रस्ताव षड्यन्त्र स्वरुप आएको भन्दै नेपाली भाषाबाहेक अन्य भाषा राष्ट्रिय भाषा हुन नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीले छानेको उम्मेदवारको पक्षमा मात्र लाग्न नेता-कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.