एमालेसहित नौ दलीय विपक्षी गठबन्धनद्धारा संविधान संशोधन विधेयकको विपक्षमा जाने निर्णय

काठमाडौं, बैशाख १४ । नेकपा एमालेसहित नौ दलीय विपक्षी गठबन्धनले संविधान संशोधन विधेयकको विपक्षमा जाने निर्णय गरेको छ । गठबन्धनमा एमाले, माले, नेमकिपा लगायत दल छन् । बैठकले सरकारद्वारा संसदमा पेस भएको संशोधन प्रस्तावमाथि संशोधनहरु राख्ने निर्णय पनि गरेको छ । एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले विपक्षी दलहरुको संयुक्त र दलगत रुपमा छुट्टाछुट्टै संशोधन हाल्ने निर्णय समेत गरेको छ । बैठकले संविधान संशोधन विधेयक पहिलेको भन्दा पनि खरतनाक रहेको ठहर गरेको एमाले नेता भानुभक्त ढकालले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.