स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र जनमोर्चा नेपालबीच सहकार्य हुने

बुटवल ।स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र जनमोर्चा नेपालबीच सहकार्य हुने भएको छ । तीनवटै दलले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनमा एकापसमा समझदारी भएको ठाउँमा एक अर्कालाई सहयोग समर्थन गर्ने नीति अनुसार सहयोग, समर्थन र तालमेल गर्दै अघि बढ्ने जनाएका छन ।

विगत २०५४ सालको वैशाखमा सम्पन्न स्थानीय निर्वाचन भएको बीस वर्षपछि यही २०७४ सालको वैशाख ३१ गते नयाँ संविधान अन्तर्गत स्थानीय निर्वाचन हुन गइरहेको र यो निर्वाचनमा संविधानद्वारा निश्चित अधिकारहरू प्रदत्त स्थानीय तह (गाउँ, नगर र जिल्ला)को इतिहास मै पहिलो पटक हुन गइरहेको ले ऐतिहासिक निर्वाचनमा देशका सबै भेगमा वसोवास गर्ने सबै जातिका नेपाली जनताको सहभागिता होस भन्ने कामना रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा हाल संसदमा छलफलमा रहेको संविधानमा दोश्रो संशोधन गर्ने राष्ट्रघाती विधेयकलाई असफल बनाउन प्रयासरत रहने भन्दै मुलुकको अत्यन्त सङ्कटकालिन यस अवस्थामा राष्ट्रिय स्वाधिनता, क्षेत्रीय अखण्डता तथा सार्वभौमिकतालाई अक्षुण राख्दै तिनको संवद्र्धनको पक्षमा कृत–सङ्कल्पित सबै देशभक्त, प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी एवं क्रान्तिकारी कम्युनिष्ट पार्टी समूहहरूलाई सहकार्यको लागि आह्वान गरिएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल,मालेका महासचिव सी.पी. मैनाली र जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.