काठमाडौ । बैशाख १५ । नेकपा एमालेले वृद्ध भत्ता पाँच हजार पुर्याउने महत्वाकाक्षी लक्ष्य सहित घोषणापत्र तयार पारेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा शुक्रवार बसेको एमाले स्थायी समितिको बैठकमा घोषणापत्र तयारीको जिम्मा पाएका उपाध्यक्ष बामदेव गौतमले घोषणापत्रको मस्यौदा पेश गर्नुभएको थियो ।
घोषणापत्रमा एमालेले चुनाव जितेमा वृद्ध भत्ता पाँच हजार पुर्याउने देखि सडक संजाल बढाउने र यु्वा स्वरोजगारमा प्राथमिकता दिने प्रस्ताव गरिएको छ । तयार गरिएको घोषणापत्रलाई अन्तिम रुप दिन उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मा दिइएको छ ।
घोषणापत्र पर्सि सार्वजनिक गर्ने एमालेको तयारी छ ।