काठमाडौ । बैशाख १५ । प्रधानमन्त्री पुष्पकमल दाहालको संविधान संशोधनमा सघाउन दलहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले निर्वाचनको माहोल बनेको भन्दै संशोधनमा सघाउन आग्रह गर्नुभएको हो ।
तर विपक्षी एमाले ले भने संशोधनमा सघाउन नसकिने स्पष्ट पारेको छ ।
बैठकमा प्रधानमन्त्रीले दुई चरणमा निर्वाचन गर्दा उत्पन्न हुने समस्या कसरी समाधान गर्ने भनेर दलहरुको राय पनि माग्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले पहिलो चरणमा चुनाव भएपछि मतपेटिका के गर्ने भन्ने सुझाव माग्दै मतगणना नभए मतपेटिकालाइ कसरी सुरक्षित राख्ने भन्ने बिषयमा पनि अन्य दलहरुको धारणा माग गर्नुभएको थियो ।
यस्तै जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक ब्यवस्था भएकोले चुनावअघि र पछि गर्दा बजेट ल्याउने वातावरण कसरी बन्छ भन्ने बिषयमा समेत प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग राय माग्नुभएको थियो ।