प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग अधिनायकवादी शासनको पुर्वअभ्यास–एमाले,सत्तारुढ राप्रपा भन्छ– आपत्तिजनक र दुर्भाग्यपूर्ण

काठमाडौँ , बैशाख १७ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्तावको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा विरोध गरेको छ ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको रअधिनायकवादी शासनको पुर्वअभ्यास थालेको प्रतिकृया दिनुभयो ।
उहाँले सत्तारुढ दल काग्रेस र माओवादी केन्द्रले संविधान र शक्तिपृथकीकरण विरुद्ध काम गरेको आरोप लगाउँदै कुनैपनि हालतमा पारित हुन नदिने पनि बताउनुभयो ।
यसैगरी सत्तारुढ दल राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री कमल थापाले प्रधानन्यायाधिश कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको भन्दै न्यायिक स्वतन्त्रतामाथि गंभीर आक्रमण भएको बताउनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.