सुडान घोटाला काण्डमा पूर्व प्रहरी महानिरिक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरूङ र रमेशचन्द ठकुरीले भष्ट्राचार गरेको ठहर गर्दै सर्वोच्चद्धारा कैद फैसला

काठमाडौँ , बैशाख १७ । सुडान घोटाला काण्डमा विशेष अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरिक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरूङ र रमेशचन्द ठकुरीले भष्ट्राचार गरेको ठहर गर्दै २ बर्ष कैद फैसला गरेको छ ।
प्रधानन्यायाधिश सुशीला कार्की समेत रहेको इजलासले प्रधानन्यायाधीश शुसीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र ठकुरी १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। त्यसैगरी पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई १ वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला भएको छ।
यस्तै माइकल राइडर र शम्भु भारतीलाइ समेत दोषी ठहर सहित विगो तथा कैद सजायँ सुनाएको छ । न्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो ।
सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानविनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन प्रहरी पूर्व–महानिरिक्षक सहित ३४ प्रहरी अधिकारी सहितमाथि कुल २८ करोड ८१ लाख मागदावी गरी विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.