निर्वाचनको समय तालिका सार्वजनिक

काठमाडौ, वैशाख १९, २०७४- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचनको समय तालिका सार्वजनिक गरेको छ । जसअनुसार उम्मेदवार मनोनयन दर्ता- बैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म),उम्मेदवारको सूची प्रकाशन- बैशाख १९ गते (बेलुका ५ः३० बजे),उम्मेदवारको विरोधमा उजुरी- बैशाख २० गते (विहान १० बजेदेखि १ बजेसम्म),मनोनयनपत्र जाँच- बैशाख २० गतेदेखि २१ गतेसम्म (दिउँसो १ बजेदेखि ११ः३० सम्म),उम्मेदवारको नामावली प्रकाशन-बैशाख २१ गते (११ः३० देखि १ बजेसम्म),उम्मेदवारले नाम फिर्ता लिने- बैशाख २१ गते ( दिउँसो १ बजेदेखि ५ बजेसम्म),उम्मेदवारको अन्तिम नामावली प्रकाशन- बैशाख २२ गते (बिहान १० देखि ११ बजेसम्म),उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान- बैशाख २२ गते ( बिहान ११ देखि ५ बजेसम्म) र मतदान गर्ने- बैशाख ३१ गते (बिहान ७ देखि बेलुका ५ बजेसम्म) समय तोकिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.