प्रेस स्वतन्त्रता दिवस मनाइयो

बुटवल । वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवस मंगलवार विविध कार्यक्रम सहित मनाइएको छ । सम्वेदनशील समयका लागि सम्वेदनशील विचार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँएको हो ।
सन् १९ सय ९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेयता हरेक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले राजधानीमा प्रभात फेरी आयोजना गर्योक । नयाँ बानेश्वरबाट सुरु भएको प्रभात फेरी बबरमहल हुँदै माइतीघर मण्डला पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले पूर्ण स्वतन्त्र प्रेस अहिलेको आवश्यकता भएको बताउनुभयो ।
रुपन्देही,दाङ लगायत देशका विभिन्न जिल्लाहरुमा पनि दिवसका अवसरमा प्रेस स्वतन्त्रतासम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिँएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.