राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा बुझाए

बुटवल । वैशाख २० । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले बुधवार राजीनामा बुझाएका छन । राप्रपाका एक उपप्रधानमन्त्री सहित चार जना मन्त्री र एक राज्यमन्त्रीले बुधवार प्रधानमन्त्रीको सचिवालयमा राजीनामा बुझाएका हुन ।

पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा गएको राप्रपाले प्रधानन्याधीश सुशीला कार्की बिरुद्ध काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले संसदमा महाअभियोग दर्ता गराएको प्रति असन्तुष्टी जनाउदै गत सोमबार सरकारबाट बाहिरीने निर्णय गरेको थियो ।

तर समय नमिलेकोले बुधवार मात्र मन्त्रीहरुको सामुहिक राजीनामा बुझाइएको पर्यटन राज्यमन्त्री पर्शुराम तामाङले बताउनुभयो ।

पार्टीको तर्फबाट उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयको जिम्मवारी सहित पार्टी अध्यक्ष कमल थापा, पर्याटनमन्त्री दिलनाथ गिरी र पर्याटन राज्यमन्त्री पर्शुराम तामाङ गत फाल्गुन २६ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल हुनु भएको थियो ।

पार्टी एकीकरण पूर्व नै राप्रपाबाट दिपक बोहरा आपुर्ती मन्त्रालय र बिक्रम पाण्डे भुमीसुधार मन्त्रालयको जिम्मेवारी सहित दाहाल नतृत्वको सरकारमा रहनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.