संघर्षकै रुपमा स्थानीय निर्वाचनमा भाग लियौ– उपेन्द्र यादव

काठमाडौं । वैशाख २० । संघीय समाजवादी फोरम नेपालले संघर्षकै रुपमा स्थानीय निर्वाचनमा भाग लिएको बताएको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधवार पत्रकार सम्मेलन गरी फोरम अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइएको बताउनुभयो ।

उहाँले दोस्रो चरणको चुनावअघि संविधान संशोधन नभए तराईमा अर्को चुनाव हुन नसक्ने र पहिलो चरणको चुनावको औचित्य पनि समाप्त हुने चेतावनी दिनुभयो ।

उहाँले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले सरकारलाई समर्थन रहेको बताए पनि आफ्नो पार्टीको समर्थन भने नरहेको उहाँले प्रस्ट पार्नुभयो ।

आफ्ना माग पूरा नभएसम्म मधेसी मोर्चामा आबद्ध दलहरुको आवश्यकता रहने भन्दै अध्यक्ष यादवले मधेशी मोर्चाको औचित्य छैन भन्नेहरु नै समाप्त हुने समेत चेतावनी दिनुभयो । यादवको भनाइ राजपा नेपालका नेताहरुप्रति लक्षित थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.