प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन एमाले अध्यक्ष ओलीले गरेको आग्रह प्रधानमन्त्री दाहालद्वारा अस्विकार

काठमाडौं, बैशाख २१ । नेकपा एमालेले प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सँग बिहिवार भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको हो । तर प्रधानमन्त्री दाहालले फिर्ता लिन नसकिने बताउनुभएको थियो । प्रधानमन्त्रीको जवाफपछि ओलीले फिर्ता नलिनेभए तत्काल प्रकृया पुरा गरेर मतदानमा लैजान चुनौती दिदै अल्झाउने नियत देखिए संसदमा महाअभियोग नै अघि बढ्न नदिने स्पष्ट पार्नुभएको थियो । त्येसबारे भने प्रधानमन्त्री दाहालले केही जवाफ दिनुभएन ।
प्रधानमन्त्रीको सचिवालयले पनि विहीवार सिंहदरवारमा भएको भेटमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन, महाभियोग प्रस्ताव, बजेट लगायतका विषयमा छलफल भएको जनाएको छ । प्रधानमन्त्रीले अध्यक्ष ओलीलाई संविधान संशोधन प्रस्तावलाई समर्थन गरी दोस्रो चरणको निर्वाचन सहज बनाउन आग्रह गर्नु भयो । प्रधानमन्त्रीले संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेकाले यसमा आवश्यक समझदारी बनाएर अघि बढ्न आग्रह गर्नु भयो । संसदमा दर्ता भएको प्रधानन्यायधिश विरुद्धको महाभियोग प्रस्ताववारे पनि प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीको आग्रह थियो ।
दोस्रो चरणको निर्वाचन र बजेटका सन्दर्भमा निर्वाचन आयोग, प्रमुख राजनीतिक दलसहित मधेसी मोर्चा लगायतका दलहरुसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने समझदारी भएको छ । भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.