स्वार्थ मिलेपछि गृहमन्त्रिमै फर्के विमलेन्द्र निधि

काठमाडौं, बैशाख २१ । आफुले पहिलो वरियताको उपप्रधानमन्त्री नपाएपछि घुर्क्याउदै मन्त्रिपरिष्द बैठकमा समेत उपस्थित नभएर तमासा देखाएका र महाअभियोग प्रकरणमा असहमति जनाउँदै राजिनामा दिएका गृहमन्त्री विमलेन्द्र निधि अन्तत पदमै फर्केका छन ।
आफ्नो स्वार्थ मिलेपछि पदमै फर्कन तयार भएका नीधिले प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोग लगाएको बिषयलाई धम्कीका रुपमा प्रयोग गरेको स्पष्ट भएको छ ।
निधिले आइतवारदेखि पद बहाली गर्ने उहाँका सहयोगीहरुले बताएका छन । बुधवार साँझ काग्रेस सभापति शेरबहादुर देउवासँग कुरा भएको र त्यसपछि निधि गृहमन्त्रालयमा फर्कन तयार हुनुभएको हो ।
निधिले वैशाख १७ गते पदवाट राजीनामा दिनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.