चुनावी तालमेल–पोखरा र हेटौडा कांग्रेसलाई,भरतपुर माओवादी केन्द्रलाई, चितवनमा देउवा बिरुद्ध नाराबाजी

काठमाडौ, २१ बैशाख ।सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चितवन, कास्की, हेटौडा र धादिङका केही स्थानमा चुनावी तालमेल गरेका छन् ।

काँग्रेस र माओवादीबीच भएको सहमति अनुसार पोखरा लेखनाथ महानगरपालिका, हटौडा उपमहानगरपालिका र धादिङको निलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसलाई मेयर तथा चितवनको भरतपुर महानगरपालिका र मकवानपुरको थाहा नगरपालिका माओवादी केन्द्रले मेयरमा प्रतिष्पर्धा गर्ने गरी तालमेल भएको छ ।

तालमेलका लागि शिर्ष नेताहरुबीच भएको सहमति अनुसार उम्मेदवारी फिर्ता भएको जनाइएको छ ।
काठमाडौं र ललितपुर महानगरमा पनि चुनावी तालमेलको चर्चा भएपनि अन्तिम समयमा सहमति हुन नसकेको जनाइएको छ ।
तर तालमेल अनुसार भरतपुर महानगरपालिकामा उम्मेदवारी फिर्ता लिएको नेपाली कँग्रेसले जनाएपनि काँग्रेसका तर्फबाट मेयरको उम्मेदवारी दिनुभएका दिनेश कोइरालाले भने फिर्ता नलिने बताउनुभएको छ ।

तालमेल बिरुद्ध नेपाली काँग्रेसका कार्यकर्ताले चितवनमा बिरोध गरेका छन् । पार्टी कार्यालय जम्मा भएका काँग्रेस नेता कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवा बिरुद्ध नाराबाजी गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.