नेपाली बजार सुक्दै गएको गुनासो

बुटवल, २१ बैशाख ।
बुटवलका कपडा व्यवसायीहरुले खुल्ला भंसारका कारण सीमावर्ति भारतीय बजार गुल्जार बन्दै गरेको र नेपाली बजार सुक्दै गएको गुनासो गरेका छन ।
व्यवसायीहरुले बिना भंसार कुनै पनि बस्तु नेपाल भित्रन नदिन सम्वन्धित निकायहरुलाई आग्रह गरेका छन ।
बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतको फुटकर कपडा व्यवसायी समितिको संयोजनामा विहिवार बेलहीया भंसार कार्यालय र शसस्त्र प्रहरी वल राजश्व तथा सुरक्षा गुल्ममा डेलगेशन गएका व्यवसायीहरुले भारतबाट भंसार बिना कुनै पनि सामान नेपाल भित्रन दिन आग्रह गरेका हुन ।
त्यसक्रममा बेलहीया भंसार कार्यालयका प्रमुख भुपालराज शाक्य र शसस्त्र प्रहरी वल राजश्व तथा सुरक्षा गुल्मका प्रहरी नायव उपरिक्षक शोभाकान्त खनालले बिगतमा भन्दा निकै कडाई गरेकोदाबी गर्दै कहि कमजोरी भए सधार गर्ने बताउनु भयो ।
संघका अध्यक्ष महेशमान सिंहले मुख्य भंसार नाकाबाटैबिवाह ब्रतबन्धको नाममा बिना भंसार सामान भित्रिदा कपडा लगायतको व्यवसाय समस्यामा परेकोबताउनु भयो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्दि्रय सदस्य तथा संघका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठलेसुनौलीमा किनेको सामान दलाल मार्फत बुटवलसम्म बिना भंसार पुगिरहेको पाइएकोलेत्यस्तो कार्य तत्काल रोक्न भंसार र सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।
संघका बाणिज्य उपाध्यक्ष उज्ज्वल कसजु, समितिका सभापति बिक्रम राजभण्डारी, सल्लाहकार प्रकाश श्रेष्ठ, पुरन श्रेष्ठ लगायतका व्यवसायी डेलिगेशनमा सहभागि हुनुहुन्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.