न्यायको खिल्लि उडाउँदै नेपाल वारले भन्यो–महाअभियोग प्रकरणमा विरोधका कार्यक्रम नगर्नु

काठमाडौ, २१ बैशाख । न्यायालयको गरिमामाथि सरकारले गरेको हस्तक्षेप स्वरुप आएको प्रधानन्यायाधिश माथिको महाअभियोग प्रस्तावको खुलेर विरोध गर्नुपर्नेमा कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन केन्द्रीय समितिले महाअभियोग प्रकरणमा विरोधका कार्यक्रम नगर्न मातहतका इकाइ तथा शाखा कार्यालयमा परिपत्र गरेको छ ।
सत्तापक्षको निर्देशन अनुसार वार ले यस्तो निर्णय गरेको हो । नेपाल बारका महासचिव खम्बबहादुर खातीले महाअभियोगको समर्थन या विरोधमा कुनै कार्यक्रम नगर्न/नगराउन मातहतका इकाइलाई बिहीबार परिपत्र गर्नुभएको छ ।
परिपत्रमा बार एसोसिएसनलाई प्राप्त सल्लाह सुझावअनुसार आधिकारिक धारणा सार्वजनिक भएको भन्दै संसदमा विचाराधीन विषयमा कुनै धारणा व्यक्त गर्न उचित नहुने उल्लेख छ ।
यसैबीच प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव फिर्ताका लागि दबाब दिन माग गर्दै बिहिवार बार एसोसिएसनमा विरोध सभा भएको छ ।
त्यसअवसरमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनालीलगायतले बार नेतृत्वको आलोचना समेत गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.