विपक्षीलाइ पेलेरै महाअभियोग प्रस्ताव अघि बढाउने सरकारको प्रयास, नारावाजीसहित कडा विरोधपछि संसद २४ गतेसम्म स्थगित

काठमाडौ । वैशाख २१ । नेकपा एमाले सहितका विपक्षी दलहरुको कडा विरोधका कारण प्रधानन्यायाधिश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदले अघि बढाउन सकेन ।
संसदको शुक्रवारको पहिलो बैठकमा सभामुख ओनसरी घर्तीले प्रतिपक्षीहरुको विरोध हुँदाहुँदै महाअभियोग प्रस्ताव अघि बढाएपछि दोश्रो बैठकमा विपक्षीहरु कडा विरोध गर्दै नारावाजी सहित बेल घेराउ गरेका थिए । विपक्षीको विरोधका कारण संसद बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।
संसदको पहिलो बैठकमा भने सभामुखले विपक्षीको विरोधको वास्तै नगरी कार्यसूचीको एक नम्वरमा रहेको महाअभियोग अघि बढाउन अनुमति दिनुभएको थियो । विपक्षीहरुले नारावाजी गरिरहँदा बोल्ने मौका समेत नदिइ सभामुखले पेलेरै प्रकृया अघि बढाउनुभएको थियो ।
कुनै सांसदले उठेर विरोध गरे उसलाई बोल्न मौका दिने संसदीय अभ्यास छ । तर सभामुखले शुक्रवार नारावाजी गर्ने विपक्षी सांसदलाइ बोल्न त दिनु भएन नै किन भनेर सोध्नु पनि भएन ।
दोश्रो वैठकमा पनि हडवडाउँदै रुखो स्वरमा के भो माननीय बस्नुस भनेर प्रस्तुत हुनुभएको थियो । वैठक स्थगित भएपछि एमाले उपाध्यक्ष भीम रावलले पत्रकारहरुसँग सभामुखको उक्त कदम संसदीय मुल्यमान्यता शिष्टाचार विपरित भएको भन्दै विरोध गर्नुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सभामुख घर्तीले विपक्षीलाई पेलेर संसदीय मुल्यमान्यता विपरित काम गरेको आरोप लगाएको छ ।
त्यसअघि, आज बिहान बसेको प्रमुख ३ दलको बैठकमा समेत एमालेसहितका विपक्षी दलले महाअभियोग प्रस्ताव फिर्ता लिन वा तत्काल प्रकृयामा लगेर टुंगो लगाउन माग गरेका थिए । तर सत्तापक्षले दुवै माग स्विकार नगरेर अघि बढ्ने संकेत दिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.