काठमाडौ । वैशाख २४ । राष्ट्रपति विद्यादेवी भणंडारी र प्रधानन्यायाधिश सुशीला कार्कीबीच आइतवार भेटवार्ता भएको छ ।
सर्वोच्चको आदेशपछि नियमित काममा फर्कनुभएकी प्रधानन्यायाधिश कार्की राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो ।
भेटमा प्रधानन्यायाधिश कार्कीले कानून दिवस समारोहमा सहभागी हुन राष्ट्रपतिलाई निमन्त्रणा दिनुभएको थियो । यस्तै महाअभियोग प्रस्ताव र सर्वोच्च अदालतको आदेश लगायत समसामयिक विषयमा पनि कुरा भएको थियो ।
उता प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विषयमा समाधान खोज्न तीन दलका शिर्ष नेताहरुको वैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रम पुष्पकमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको बैठकमा महाअभियोग प्रस्ताव र उत्पन्न बिवाद मिलाएर जाने बिषयमा छलफल भएको छ ।