काठमाडौं, बैशाख २५ । बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुको सङ्ख्या ४९ हजार ३३७ रहेको छ ।
जस अनुसार पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएकोछ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका छन् ।
नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१.६५ प्रतिशत -१७२३) र महिला ८.३५ प्रतिशत -१५७), नगरउपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत -२५७), महिला ८१.४३ प्रतिशत -११२७) वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत -१०२९६) महिला ४.१७ प्रतिशत -४४८) जना रहेका छन् ।
यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत -१७७२९) महिला ५.२९ प्रतिशत -९५१), महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गराउादा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्येे ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।