स्थानीय तह निर्वाचनको मतगणना जारी,प्रारम्भिक परिणाममा एमाले अगाडि

काठमाडौं ।जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि देशका विभिन्न क्षेत्रमा मतगणना शुरु भएको छ । केन्द्रीय राजधानी रहेको काठमाडौ महानगरपालिकाको मतगणना शुरु हुँदैछ ।
अर्को महानगरमा मतगणना भैरहेको छ । यस्तै काठमाडौ र ललितपुरका अन्य नगरपालिकाहरुमा पनि मतगणना जारी छ ।
पछिल्लो मपतपरिणाम अनुसार शंखरापुर नगरपालिकामा एमाले अघि देखिएको छ । उसले १५४ मा‌ओवादी केन्द्र १०८ र कांग्रेसले ५६ मत प्राप्त गरेको छ ।
दक्षिणकाली नगरपालिकामा पनि एमाले १०५ कांग्रेस ४४ र माओवादी केन्द्र २४ मत प्राप्त गरेको छ ।यस्तै काभ्रे,नवलपरासी,रसुवा लगायतका जिल्लामा पनि मतगणना भैरहेको छ । प्रारम्भिक नतिजा अनुसार एमाले अग्रस्थानमा देखिएको छ ।
अन्य ठाँउमा सर्वदलिय वैठक पछि मतगणना प्रारम्भ गरिने प्रमुख निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन ।
भक्तपुर नगरपालिका पनि विहान देखि मतगणना हुने जनाईएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.