स्थानीय तह निर्वाचन परिणाम अपडेट: एमालेको अग्रता कायमै

काठमाडौं । जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि परिणाम आउने क्रम पनि शुरु भएको छ ।

पछिल्लो परिणाम अनुसार एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिकामा विजय हासिल गरेको छ ।

यसैगरी ललितपुरको महाकाल गाउपालिकाको वडा नम्वर ६ मा पनि एमाले उम्मेदवार विजयी भएका छन ।

ललितपुर महानगरपालिकामा १ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्मल तण्डुकारको प्यानल बिजयी भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका-९ मा पनि अध्यक्ष सहित कांग्रेसको प्यानल नै विजयी भएको छ ।

यसबाहेक देशका विभिन्न क्षेत्रमा मतगणना भैरहेको छ । केन्द्रीय राजधानी रहेको काठमाडौ महानगरपालिकाको मतगणना पनि शुरु हुँदैछ ।

अर्को महानगर ललितपुरमा मतगणना भैरहेको छ ।

पछिल्लो मपतपरिणाम अनुसार शंखरापुर नगरपालिकामा एमाले अघि देखिएको छ । उसले १५४ मा‌ओवादी केन्द्र १०८ र कांग्रेसले ५६ मत प्राप्त गरेको छ ।

दक्षिणकाली नगरपालिकामा पनि एमाले १०५ कांग्रेस ४४ र माओवादी केन्द्र २४ मत प्राप्त गरेको छ ।यस्तै काभ्रे,नवलपरासी,रसुवा लगायतका जिल्लामा पनि मतगणना भैरहेको छ । प्रारम्भिक नतिजा अनुसार एमाले अग्रस्थानमा देखिएको छ ।

अन्य ठाँउमा सर्वदलिय वैठक पछि मतगणना प्रारम्भ गरिने प्रमुख निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन । 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.