मतगणना सुस्त,समग्रमा एमाले अगाडि

काठमाडौ । स्थानीय तह निर्वाचन भएको तीन दिन भैसक्दा पनि मतपरिणाम आउनेक्रम अत्यन्तै सुस्त छ । पछिल्लो परिणाम अनुसार एमालेले १० स्थानमा विजय हासिल गरेर अग्रता लिएको छ । यसैगरी काँग्रेस  र  माओवादी केन्द्रले पनि ६ स्थानमा जितेका छन ।

काठमाडौ,पोखरा र ललितपुर महानगरमा एमालेकै अग्रता छ भने भरतपुरमा माओवादी र एमालेको अग्रतामा पनि प्रतिस्प्रधा छ ।

परिणाम आएका नगर र गाँउपालिकाका वडाहरुमा पनि एमाले अगाडि देखिएको छ । समग्रमा एमाले र काँग्रेसको कडा प्रतिस्प्रर्धा देखिएको छ ।

२ सय ८१ स्थानमा भएको निर्वाचनपछि अधिकांश तहमा मतगणना जारी छ तर परिणाम भने एकदमै न्युन आएको छ । मतगणनामा भएको ढिलाइले अपेक्षा अनुसार परिणाम सार्वजनिक हुन नसकेको हो ।

एउटा मत गन्न सरदर २ मिनेट लागेको छ । यहि गति कायम रहने हो भने परिणाम आउन कैयौ दिन लाग्ने छ ।

मतदाता, उम्मेद्वार र अरु सर्वसाधारण सवैले मतपरिणाम कतिबेला आउला भनेर आतुरताका साथ पर्खिरहदा मतगणना भने अत्यन्तै सुस्त बनेको छ

निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार भएका कारण गणनामा ढिलाइ भएको बताएको छ । धेरे उम्मेदवार, ठुलो मतपत्र, उस्तै रंगका चिन्ह तथा स्वस्तिक छाप,कम जनशक्ति र धेरै प्रतिनिधिलाई रुजु गराउनुपर्ने लगायतका कारणले ढिलाइ भएको छ । अधिकांश केन्द्रका मतदान अधिकृतहरुले पनि गणनामा ढिलाइ भएको भन्दै छिटो गर्ने बिषयमा छलफल भैरहेको बताएका छन । तर अहिलेसम्म काम सुस्त गतिमै छ ।

मतगणना भैरहेका ठाँउमा निर्वाचन आयोगले जनशक्ति र केन्द्रहरु थप गरेर मतगणना गर्नु र दलहरुले आयोगलाई सघाउनु आवश्यक छ । त्यसो भएमात्र परिणाम छिटो आउनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.