अग्रता– एमाले काँग्रेस र माओवादी केन्द्र

काठमाडौ ।स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले एक नगरपालिका र नौ गाँउपालिकामा जित हासिल गरेर अग्रस्थानमा रहेको छ ।

यसैगरी नेपाली काग्रेसले आठ गाँउपालिकामा जितेको छ भने नेकपा माओवादी केन्द्र सात गाँउपालिकामा विजयी भएको छ ।

नेकपा एमालेले डोल्पाको ठुलीभेरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका गणेशबहादुर शाही र उपमेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही बिजयी हुनुभएको छ ।

यस्तै तनहुँको देवघाट गाँउपालिकामा दुर्गाबहादुर थापा विजयी हुनुभएको छ ।त्यहा उपाध्यक्षमा कांग्रेसकी विमला थापा बिजयी हुनुभएको छ ।

कास्की मादीगाँउपालिका अध्यक्षमा एमालेका उम्मेद्वाद वेद बहादुर गुरुङ विजयी हुनुभएको छ भने मुस्ताङको घरपछोङमा पनि एमालेले जित हासिल गरेको छ ।

यस्तै मनाङको नेस्याङ र चामे गाउँपालिका, डोल्पाको काइके गाँउपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन । नेस्याङमा कान्छा घले, चामेमा लोकेन्द्र घले र डोल्पाको काइकेमा अंगद राना एमालेबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । मुस्ताङकै लोमान्थाङ गाँउपालिकाको अध्यक्षमा कांग्रेसका सुर्वणकुमार विष्ट विजयी हुनुभएको छ ।

उता बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जोगलाल बुढा विजयी हुनुभएको छ । सुर्खेतको डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्रबहादुर मल्ल बिजयी हुनुभएको छ । यसैगरी डोल्पाका मुड्केचुलामा माओवादी केन्द्रका दतबहादुर शाही र जगदुल्ला नरसिंह रोकाय गाउँपालिका अध्यक्षमा विजयी भएका हुनुभएको छ । जुम्लाको हिमागाउँपालिकाको अध्यक्षमा रजबहादुर शाही र रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेद्वार नरबहादुर पुन बिजयी हुनुभएको छ ।

मुस्ताङको दालोमे गाउँपालिकाको अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार राजु बिष्ट विजय हुनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.