मतपरिणाम आउनेक्रम बढ्दै

काठमाडौ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम बढ्न थालेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार अहिलेसम्म ४ नगरपालिका र २४ गाँउपालिका सहित २८ स्थानमा विजय हासिल गरेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली काँग्रेसले १ नगरपालिका र २४ वटा गाँउपालिका सहित २५ स्थानमा जित हात पारेको छ भने माओवादी केन्द्र १ नगरपालिका र १६ गाँउपालिका सहित १७ स्थानमा विजयी भएको छ ।

३ वटा गाँउपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।ति मध्ये दुइ एमालेका बागी र एक काग्रेसका बागी उम्मेदवार हुन ।

डोल्पाको छार्कापाङसुङ गाँउपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार सेनाङ गुरुङ विजयी हुनुभएको छ । एमालेको बागी उम्मेद्वार गुरुङले ३०७ मत ल्याएर विजयी हुनुभएको हो । उपाध्यक्षमा भने एमालेका छिरिङ टिकी गुरुङ निर्वाचित हुनुभएको  छ। २ नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा सवै मतपरिणाम आएको हो ।

हुम्लाको सिमिकोट गाँउपालिकामा काँग्रेसका पदमबहादुर लामा १३६५ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वार बली रावत विजयी हुनुभएको छ ।

दैलेखको भैरवी गाँउपालिका अध्यक्षमा एमालेका प्रेम बुढा निर्वाचित हुनुभएको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिका प्रमुखमा एमालेका सुधीर पौडेल, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा नेकपा एमालेका ओमबहादुर बुढा र उपमेयरमा टंक कुमारी बुढा, कास्कीको माछापुछ्रे गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर गुरुङ, कास्कीकै रुपा गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका नवराज ओझा र स्याङ्जाको हरिनास गाउँपालिकाको प्रमुखमा पनि नेकपा एमालेका खिमनारायण मानन्धर निर्वाचित हुनुभएको छ ।

यस्तै जुम्लाको तिला गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका रतननाथ योगी, हुम्लाको अदानचुली गाउँपालिकाको प्रमुखमा पनि  एमालेका दल फडेरा र पर्वतको महाशिला गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका राजु पौडेल बिजयी हुनुभएको छ ।

यस्तै दैलेखको नारायण नगरपालिकाको मेयरमा नेकपा एमालेका रत्नबहादुर खड्का र उप-मेयरमा पनि एमालकै सावित्री मल्ल निर्वाचित हुनुभएको छ ।

ललितपुरको माहांकाल गाउँपालिकाको प्रमुखमा  एमालेका रामचन्द्र दाहाल विजयी हुनुभएको छ ।

डोल्पाको ठुलीभेरी नगरपालिकाको मेयरमा नेकपा एमालेका गणेशबहादुर शाही र उप-मेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही निर्वाचित  हुनुभएको छ ।

यस्तै तनहुँको देवघाट गाँउपालिकामा दुर्गाबहादुर थापा विजयी हुनुभएको छ ।

कास्की मादीगाँउपालिका  प्रमुखमा  एमालेका वेद बहादुर गुरुङ विजयी हुनुभएको छ भने मुस्ताङको घरपछोङमा आशबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । यस्तै मनाङको नेस्याङ र चामे गाउँपालिका, डोल्पाको काइके गाँउपालिका प्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन । नेस्याङमा कान्छा घले, चामेमा लोकेन्द्र घले र डोल्पाको काइकेमा अंगद राना एमालेबाट प्रमुखमा निर्वाचित हुनुभएको हो । डोल्पाको से फोक्सुन्डो गाउँपालिकामा तसितुण्डुक गुरुङ् निर्वाचित हुनुभएको छ । जाजरकोटको शिवालय गाउँपालिकामा नरेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । यस्तै गोसाइकुन्ड गाउँपालिकका कैसप नुर्कु तामाङ् र स्याङ्जा फेदीखोलाका गाउँपालिकाका घनश्याम सुवेदी निर्वाचित हुनुभएको छ ।

लम्जुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रमेशनाथकुमार पाण्डे, रसुवाको उत्तरगया गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उपेन्द्र लम्साल, मुगुको मुगुम कार्मारोंग गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा , जुम्लाको कनकासुन्दरी गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका नरवीर राउत, काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रेमबहादुर तिमिल्सिना, जाजरकोटको बारेकोट गाउँपालिकामा पनि नेपाली काँग्रेसका महेन्द्रबहादुर शाह र सिन्धुलीको गोलन्जोर गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका पुष्पबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिकामा काँग्रेसका मानबहादुर डाँगी, विजयी हुनुभएको छ । नवलपरासीको त्रिवेणी गाउँपालीकामा काँग्रेसका डम्बरसिंह जिसी , गोरखाको चुमनुब्री गाउँपालीकामा काँग्रेसका धनबहादुर गुरुङ्, जुम्लाको सिञ्जा गाउँपालीकामा काँग्रेसका देवलसिंह रावल र जुम्लाकै पातारासी गाउँपालिकाका प्रमुखमा पनि नेपाली काँग्रेसकै लक्षिमन बोहोरा निर्वाचित हुनुभएको छ ।

मुस्ताङकै लोमान्थाङ गाँउपालिका अध्यक्षमा कांग्रेसका सुर्वणकुमार विष्ट, बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोगलाल बुढा, सुर्खेतको डुंगेश्वर गाउँपालिकामा कांग्रेसका नगेन्द्रबहादुर मल्ल , पर्वतको पै‌यु गाउँपालिकामा खगेन्द्र तिवारी , मनांङ्को नार्फुमा मिङ्मा छिरिङ् लामा , मनांङ् कै नोसाङ्मा चन्द्र घले , मुस्तांङ्को थाकसाङ्मा बुद्धिप्रसाद शेरचन , नवलपरासीको बुङ्दीकालीमा दुर्गाबहादुर राना , जाजरकोटमा नेपाली काँग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित हुनु भएको छ ।

उता हुम्लाको चंखेली गाँउपालिका प्रमुखमा माओवादी केन्द्रका धनलाल चौलागाई  ,तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापा , रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका देवीलाल गौतम र उपमेयरमा पनि माओवादीकी प्रेमकुमारी सुनार, ललितपुरको कोन्ज्योसोम गाँउपालिकामा माओवादी केन्द्रका गोपीलाल स्याङ्त्यान, सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रका पानीराज ब‌म्जनको प्यानल , डोल्पाका मुड्केचुलामा माओवादी केन्द्रका दतबहादुर शाही, जगदुल्ला नरसिंह रोकाय , कालिकोटको सन्नीत्रिवेणी गाउँपालिकाका प्रमुखमा हरिबहादुर भण्डारी,  र हुम्लाको ताजकोटमा बाग्दल मल्ल ,सल्यानको दाम्रा गाउँपालीका प्रमुखमा मिनबहादुर केसी ,  जुम्लाको हिमागाउँपालिकाको अध्यक्षमा रजबहादुर शाही र रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेद्वार नरबहादुर पुन बिजयी हुनुभएको छ ।

डोल्पाको छाकार्पाङसुङमा सोनाम लामा, डोल्पुबुद्ध गाउँपालिकका स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ् र मुस्ताङ्को दालोमे गाउँपालिकमा पनि स्वतन्त्र उम्मेद्वार राजु बिष्ट निर्वाचित हुनु भएको छ । ति मध्ये लामा र गुरुङ एमालेका बागि हुन भने विष्ट काग्रेसका बागी हुन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.