उम्मेद्वार नभएपनि सुर्य प्रमुख प्रतिपक्षी

काठमाडौ । मतदाता शिक्षाको अभाव हो मतदातामा चेतना नपुगेर,मतगणनाको परिणाम अनौठो देखिएको ललितपुरमा । अथवा तालमेल प्रति चित्त नबुझेर पनि हुनुसक्छ । ललितपुर महानगरपालिकाको उपमेयरमा एमाले र राप्रपाबीचको तालमेलले कामै गरेको छैन ।

मेयर आफुले लिएर उपमेयर राप्रपालाइ दिएको एमालेले उपमेयरमा उम्मेदवार उठाएको छैन । तर अचम्म उम्मेदवार भएको राप्रपाको भन्दा उम्मेदवार नै नभएको एमालेको चुनाव चिन्ह सुर्यमा मत धेरै खसेको छ ।

उपमेयरमा काग्रेसकी शोभा शाक्यको ३४७५ मत आउँदा एमालेसँग तालमेल गरेका राप्रपाका उम्मेदवारको मत २३३१ छ तर उम्मेदवार नै नभएको ‘सूर्य’ चिन्हमा ३५२९ मत छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.