एमालेले काठमाडौको शंखरापुर नगरपालिकामा पनि जित्यो, नयाँ शक्ति, राप्रपा र जनमोर्चाले समेत खाता खोले

काठमाडौ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले काठमाडौको नगरपालिकामा समेत आफ्नो खाता खोलेको छ । काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन। उपप्रमुखमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ । यससँगै एमालेले ५० भन्दा बढी ठाउँमा जितेको छ ।

यस्तै ३ नगरपालिका र ४२ वटा गाँउपालिका सहित नेपाली काँग्रेसले ४५ स्थानमा जित हात पारेको छ । माओवादी केन्द्र १ नगरपालिका र १८ गाँउपालिका सहित १९ स्थानमा विजयी भएको छ ।  नयाँ शक्ति पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाले समेत खाता खोलेका छन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १,राष्ट्रिय जनमोर्चाले १ र नयाँशक्ति पार्टीले १ स्थानमा विजय हासिल गरेका हुन । ३ वटा गाँउपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

धादिङको रुविभ्याली गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पेरुङ तामाङ र उपाध्यक्षमा विना लामा विजयी भएका छन ।

रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँशक्ति पार्टीका बुर्चुङ तामाङ बिजयी भएका छन । त्यहाको उपाध्यक्षमा भने एमालेका नविना तामाङ विजयी बनेकी छन ।

बाग्लुङको वरेङ गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा ३०३४ मत ल्याएर चुनाव जितेका छन । उपाध्यक्षमा पनि जनमोर्चाकै दिलु श्रीस विजयी भएकी छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.