महानगरहरुमा कडा टक्कर,कसले मार्ला बाजी ?

काठमाडौ । जेठ ४ । महानगरपालिकाहरुको मतगणना सुस्त गतिमा अघि बढेपनि मतान्तर हेर्दा उम्मेदवार र कार्यकर्ताहरुको धड्कन तिव्र गतिमा दौडिइरहेको छ ।
चारवटै महानगरको मतगणना भैरहदा एमालेको अग्रता छ तर मतान्तर खासै धेरैको छैन ।
महानगरको मत अवस्थाले चुनावमा गरेको समिकरणलाई गिज्याइरहेको छ ।
काठमाडौं महानगरपालिकाको अहिलेसम्मको मतगणनामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीभन्दा अगाडी छन ।
तेश्रोमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन्। चौथो स्थानमा साझा पार्टीका किशोर प्रधान छन । माओवादी केन्द्र पाँचौ स्थानमा छ ।
काठमाडौमा २५देखि ३२ तथा २ देखि ४ वडासम्मको मतगणना भैरहेको छ ।
उता ललितपुरमा एमाले र काग्रेसको कडा टक्कर छ । एमाले अघिअघि छ । कुनैवेला काग्रेसले पनि अग्रता लिनेगरेको छ ।
चितवनको भरतपुरमा काग्रेस र माओवादी गठबन्धनकी उम्मेदवार तथा प्रधानमन्त्री दाहालकी पुत्री रेणु भन्दा एमालेका देवी ज्ञवाली अगाडी छन । त्यहाको उपप्रमुखमा भने काग्रेसकी उम्मेदवारले अग्रता लिएकी छन।
पोखरा महानगरमा पनि एमाले र काग्रेसको मतमा कडा हानथाप छ । एमाले अघिअघि लाग्दा काग्रेसले पच्छ्याइरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.