पक्राउ परेकाहरुको मुद्धा फिर्ता लिने निर्णय

काठमाडौ । जेठ ४ । सरकारले कैलालीको टिकापुर घटनाका अभियुक्त भन्दै छानविनमा रहेका र पक्राउ परेकाहरुको मुद्धा फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहिवारको बैठकले थारुहट मधेस आन्दोलनकोक्रममा प्रकाउ परेकाहरुको मुद्धा फिर्ता लिने विषयमा गृह र कानुन मन्त्रालयसँग परामर्श गरि अघि बढ्ने बैठकले निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले स्थानीय तह निर्वाचनका क्रममा मृत्युभएका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्दै परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपल्वध गराउने निर्यण समेत गरेको छ ।
यस्तै नेपाली सेना र नेपाल प्रहरीको मातहातमा रहेका अस्पतालहरुमा सर्वसाधरणले उपचार गराउन पाउने निर्णय पनि बैठकले गरेको छ । त्यसै गरी बैठकले प्रेस काउन्सिलको अध्यक्षमा भवानी वराललाइृ नियुक्त गर्ने निर्णय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.