पाठ्यक्रममा वातावरण संरक्षण शिक्षा लागु गर्नुपर्नेमा जोड

काठमाडौ । जेठ ७ । स्थानीय पाठ्यक्रममा वातावरण संरक्षण शिक्षा निर्माण गरि लागु गर्नुपर्ने आवश्यकतामा सरोकारवालाहरुले जोडदिएका छन ।

वातावरण संरक्षण शिक्षाको आवश्यकता र औचित्य माथि पाल्पाको दोभानमा आइतवार भएको छलफलमा विज्ञ तथा सरोकारवालाहरुले स्थानीय तहमा वातावरण शिक्षा आवश्यक भएको वताएका हुन । सरोकारवालाहरुले वातावरण शिक्षा सम्वन्धि पाठ्यक्रम निर्माणका लागि श्रोत खोज्ने प्रतिवद्धता पनि जनाएका छन ।

कार्यक्रममा सरोकारवालाहरुले वातावरण संरक्षण, पर्यावरणीय भविश्य तथा सन्ततीका लागि पनि विद्यालय स्तरमा वातावरण संरक्षण शिक्षा आवश्यक भएको बताए ।

कार्यक्रममा शैक्षिक जनशक्ति तालिम केन्द्र पाल्पाका प्रमुख यमबहादुर केसी, जिल्ला शिक्षा कार्यालयका सुधिर पौडेल,श्रोतब्यक्ति गोपाल केसी लगायतले स्थानीय पाठ्यक्रममा वातावरण संरक्षण शिक्षा निर्माण गरि लागु गर्नुपर्ने खाँचो औल्याउनुभएको थियो । वक्ताहरुले चुरे क्षेत्रको संरक्षणका लागि पनि वातावरण शिक्षा लागु गर्नुपर्ने धारणा राखेका थिए ।

दोभान माविका शिक्षक सुर्यप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय वातावरण संरक्षण शिक्षा संजाल सेन्स नेपालका महासचिव भेषराज पोखरेल,कोषाध्यक्ष बासु पाण्डे राधा मजगैया र प्रदिप रिजाल लगायतले वातावरण शिक्षा र पाठ्यक्रम निर्माणको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.