बुटवल, ७ जेठ ।
तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमा नगरपालिकामा बिना सुचना हुने लोडसेडिगं, कम भोल्टेज र टिपिगं समस्या हटाउन नेपाल बिद्युत प्राधिकरणलाई एक साताको अल्टिमेटम दिएको छ ।
संघले प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलमा डेलिगेशन गईबिना सुचना हुने लोडसेडिगं, कम भोल्टेज र टिपिगंसमस्याले उद्योग सञ्चालन नै गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दैध्यानाकर्षण सहित अल्टिमेटम दिएको हो ।
प्राधिकरणका क्षेत्रीय निमित्त प्रमुख युवराज आचार्यलाई ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष गुणनिधि भण्डारीलेलोड सेडिगं गर्ने भए तालिका प्रकासित गरी जानकारी गराउन र नभए आधा आधा घण्टामा लाइन जाने आउने, आउदा कम भोल्टेज हुने र टिपिगं भइरहने अवस्थाबाट उद्योगिहरुलाई मुक्त गर्न आग्रह गर्नुभयो ।
कार्यालयका निमित्त प्रमुख आचार्यले लोडसेडिगं तालिका प्रकासित नगरी लोड हेरेर ठाउ अनुसार १।२ घण्टासम्म गरीएको जानकारी गराउदै कम भोल्टेज र टिपिगंको समस्या भारतबाट ल्याएको बिद्युत बितरण गर्दाभएको बताउनु भयो ।
उहाले ज्ञापन पत्रलाई केन्द्रिय कार्यालयमा पठाउने र कार्यालय प्रमुख आएपछी एक दुई दिनमा थप छलफलका लागि बोलाउने आश्वासन दिनुभयो ।
त्यस अवसरमा संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, नवराज श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की सचिव कमल कडेल सहित २ दर्जन बढी उद्योगिहरुले लोड सेडिगं मुक्त भएको सुचना सबै तर्फ सम्प्रेषण भइरहेको अवस्थामा आफुहरुले खेपेका समस्या तत्काल समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको थियो ।