स्थानीय तह निर्वाचनको मतपरिणाम–एमाले पहिलो

काठमाडौ । जेठ ७ । स्थानीय तहको पहिलो चरणमा निर्वाचन भएका ३४ जिल्लाका दुई सय ८३ मध्ये दुई सय ६६ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो नतिजा अनुसार नेकपा एमालेले एक सय १२ स्थानमा विजय हासिल गरेर अग्र स्थानमा छ । नेपाली कांग्रेसले एक सय एक स्थानमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ४६ स्थानमा विजयी भएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानमा जित हात पारेका छन् । तीनवटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार चितवनको रत्ननगर नगरपालिका प्रमुखमा नेकपा एमालेका नारायण वन र उप-प्रमुखमा एमालेकै विमला दुवाडी विजयी हुनुभएको छ ।

यसैगरी हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल र उपाध्यक्षमा कांग्रेसकै सिन्धु हमाल शाही विजयी हुनुभएको छ ।
चारबटा महानगर सहित केही स्थानहरुको मतगणना भने जारि छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.