आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम पारित,बजेट १५ गते

काठमाडौ । जेठ ७ । यहि जेठ १५ गते बजेट ल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम पारित गरेको छ ।

मन्त्रीपरिषद्को आइतवार बसेको बैठकले नीति तथा कार्यक्रमलाई पारित गरेको हो । सरकाले निर्वाचन आचार संहिता लागेकाले नयाँ कार्यक्रम भने नल्याउने बताएको छ ।
कानुनमन्त्री अजयशंकर नायकले नयाँ कार्यक्रम घोषणा नगरिने बताउनुभयो । नीति मार्फत भने सरकारले नयाँपन दिन खोजेको छ ।

यस वर्ष हासिल हुने आर्थिक बृद्धिलाई टिकाइराख्न कार्यक्रमलाई प्राथमिकिकरणको नीति सरकारले लिनेछ । नयाँ संरचना बनेकाले स्थानीय तहमा एकमुष्ट बजेट पठाउनेगरी कार्यक्रम तर्जुमा गर्ने तयारी पनि सरकारको छ । ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

बजेट आउनु १५ दिन अघि नै नीति कार्यक्रम ल्याउनुपर्ने भएपनि निर्वाचन परेकाले एक साता अघि मात्रै नीति कार्यक्रम संसदमा प्रस्तुत हुनेछ । संसद सचिवालयका अनुसार १५ गते बजेट आएपछि एक दिन छलफल गरि चुनाव पछि सार्ने तयारी सरकारले गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.